

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क जाने

काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने भएका छन्। महासभाअन्तर्गत आगामी असोज ८ गते प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हुनेछ। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको धारणा प्रस्तुत गर्नुका साथै विभिन्न मुलुकका प्रतिनिधिसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ।
महासभामा प्रधानमन्त्री शाहले नेपालको समसामयिक अवस्था, विकासका प्राथमिकता, अन्तर्राष्ट्रिय सहकार्य तथा विश्व समुदायसँग नेपालको सम्बन्धका विषयमा धारणा राख्ने तयारी रहेको बताइएको छ।
प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणका रूपमा हुन लागेको यस भ्रमणलाई नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक उपस्थिति र सरकारको प्राथमिकता प्रस्तुत गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
समाज
थप सामाग्री
रसुवाको बाढीमा देशको ध्यान, बिर्तामा घुमुवा प्रहरीमाथि तस्करी संरक्षण र ‘असुली’को आरोप
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter वीरगन्ज । देशको ध्यान रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी, उद्धार…





