

सल्यानमा ९० मिटर तल खस्यो बोलेरो, दुई जनाको मृत्यु, चार घाइते

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप सडकबाट करिब ९० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अचानक अनियन्त्रित भई सडकबाट तल खसेको हो। दुर्घटनाका क्रममा जिपमा सवार ६ जना घाइते भएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुन गम्भीर घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको र बोल्नसमेत नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ।
त्यस्तै, त्रिवेणी गाउँपालिका–५ का २९ वर्षीय पारस बोहरा, ५० वर्षीय डिल्लीबहादुर वली र त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको छ भने अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये चार जनालाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
समाज
थप सामाग्री-
ताराखोलाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, ६५ जना लाभान्वित
-
ब्रिक्स राष्ट्रद्वारा मध्यपूर्व तनावप्रति चिन्ता, विश्व व्यापार र ऊर्जा प्रवाह सहज बनाउन सामूहिक प्रयास गर्ने प्रतिबद्धता
-
चट्याङ लागेर उदयपुरमा ३५ वर्षीय तामाङको मृत्यु
-
छोटी भन्सार खोल्न माग गर्दै रामपुर खापमा तेस्रो दिन पनि धर्ना, सोमबारदेखि आमरण अनसनको चेतावनी
-
सल्यानमा ९० मिटर तल खस्यो बोलेरो, दुई जनाको मृत्यु, चार घाइते
आईजीपीको फूली खेलौना होइन, माननीय खगेन्द्र सुनारज्यू !
१ दिन अगाडि
1.1kViews 30 Shares Share on Facebook Share on Twitter सांसद बन्न जनताको मत चाहिन्छ, तर प्रहरी महानिरीक्षक बन्न वर्षौंको प्रहरी…





