चट्याङ लागेर उदयपुरमा ३५ वर्षीय तामाङको मृत्यु

उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कटारी नगरपालिका–८ निवासी ३५ वर्षीय रुद्रबहादुर तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार दिउँसो करिब साढे २ बजे वर्षासँगै परेको चट्याङको झट्का लागेर तामाङ गम्भीर घाइते भएका थिए।

घरको झ्याल बन्द गर्ने क्रममा चट्याङको झट्का लागेपछि उनी घाइते भएको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरीसहितको टोलीले उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कटारी पुर्‍याएको थियो।

तर, अस्पतालमा उपचारका क्रममा चिकित्सकले परीक्षणपछि शनिबार साँझ ८ः३५ बजे तामाङलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Facebook Comments Box
TOP
15 Shares