

ताराखोलाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, ६५ जना लाभान्वित

बागलुङ । बागलुङको ताराखोला गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिलाका लागि सञ्चालन गरेको निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले २०७६ सालदेखि सञ्चालन गर्दै आएको सेवाबाट हालसम्म ६५ जना गर्भवती तथा सुत्केरी महिला लाभान्वित भएका छन् ।
भदौ ८ गते दिउँसोदेखि सुत्केरी व्यथाले च्यापेकी ताराखोला गाउँपालिका–४ विसौनाकी ३५ वर्षीया देवी घर्तीलाई मुसलधारे वर्षाका बीच गाउँपालिकाले तत्काल एम्बुलेन्स उपलब्ध गरायो । नियमित गर्भजाँच गराउँदै आएकी देवीलाई स्वास्थ्यकर्मीले व्यथा लागेपछि तत्काल सम्पर्क गर्न सुझाव दिएका थिए ।
परिवारले गाउँपालिकामा सम्पर्क गरेपछि एम्बुलेन्सको व्यवस्था भयो । देवीले सोही रात गाउँकै हिल स्वास्थ्य चौकीमा आफ्नो तेस्रो सन्तानलाई जन्म दिइन् । यसअघि सुत्केरी हुँदा स्टेचरमा घर फर्किनुपरेकी देवीलाई यसपटक भने गाउँपालिकाको एम्बुलेन्सले सुरक्षित रूपमा घरसम्म पुर्याइदियो ।
गाउँपालिकाका अध्यक्ष धनबहादुर विकका अनुसार गर्भवती तथा सुत्केरी महिलालाई घरबाट स्वास्थ्य चौकी, आवश्यक परे स्वास्थ्य चौकीबाट सदरमुकामस्थित धौलागिरि अस्पताल तथा पोखराका अस्पतालसम्म पुर्याउने र उपचारपछि पुनः घरसम्म ल्याउने व्यवस्था गरिएको छ ।
गाउँपालिकालाई २०६७ सालमा स्थानीय पोषक सापकोटा र उनका दाजुभाइले एम्बुलेन्स प्रदान गरेका थिए । त्यसपछि २०७७ सालमा गलकोट समाजले अर्को एम्बुलेन्स उपलब्ध गराएपछि ग्रामीण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म पुग्न थप सहज भएको गाउँपालिकाले जनाएको छ ।
स्वास्थ्य सेवामा स्थानीयको पहुँच बढाउने उद्देश्यले गाउँपालिकाले तीन वटा स्वास्थ्य इकाइ सञ्चालन गरिरहेको छ । साथै, गाउँपालिकाका सबै वडामा सुविधासम्पन्न प्रसूति सेवासहितका स्वास्थ्य चौकीको व्यवस्था गरिएको छ ।
दुर्गम भौगोलिक अवस्था, वर्षायाममा हुने सडक अवरोध तथा यातायातको असहजताका कारण जोखिममा पर्ने गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा महत्वपूर्ण सहारा बनेको गाउँपालिकाको भनाइ छ ।
समाज
थप सामाग्री-
ताराखोलाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, ६५ जना लाभान्वित
-
ब्रिक्स राष्ट्रद्वारा मध्यपूर्व तनावप्रति चिन्ता, विश्व व्यापार र ऊर्जा प्रवाह सहज बनाउन सामूहिक प्रयास गर्ने प्रतिबद्धता
-
चट्याङ लागेर उदयपुरमा ३५ वर्षीय तामाङको मृत्यु
-
छोटी भन्सार खोल्न माग गर्दै रामपुर खापमा तेस्रो दिन पनि धर्ना, सोमबारदेखि आमरण अनसनको चेतावनी
-
सल्यानमा ९० मिटर तल खस्यो बोलेरो, दुई जनाको मृत्यु, चार घाइते
आईजीपीको फूली खेलौना होइन, माननीय खगेन्द्र सुनारज्यू !
१ दिन अगाडि
1.1kViews 30 Shares Share on Facebook Share on Twitter सांसद बन्न जनताको मत चाहिन्छ, तर प्रहरी महानिरीक्षक बन्न वर्षौंको प्रहरी…





