

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, १५औँ महाधिवेशन मुख्य एजेन्डा

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशनको तयारी, कार्यतालिका तथा त्यससँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने भएको छ ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा १५औँ महाधिवेशनलाई केन्द्रमा राखेर आवश्यक छलफल गरिनेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै सबै प्रदेशका सभापतिलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
महाधिवेशनको तयारी अघि बढाउने विषयमा पार्टीभित्र विभिन्न तहमा छलफल चलिरहेका बेला बस्न लागेको कार्यसम्पादन समितिको बैठकलाई कांग्रेसको आगामी सांगठनिक गतिविधिका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
समाज
थप सामाग्री-
ताराखोलाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, ६५ जना लाभान्वित
-
ब्रिक्स राष्ट्रद्वारा मध्यपूर्व तनावप्रति चिन्ता, विश्व व्यापार र ऊर्जा प्रवाह सहज बनाउन सामूहिक प्रयास गर्ने प्रतिबद्धता
-
चट्याङ लागेर उदयपुरमा ३५ वर्षीय तामाङको मृत्यु
-
छोटी भन्सार खोल्न माग गर्दै रामपुर खापमा तेस्रो दिन पनि धर्ना, सोमबारदेखि आमरण अनसनको चेतावनी
-
सल्यानमा ९० मिटर तल खस्यो बोलेरो, दुई जनाको मृत्यु, चार घाइते
आईजीपीको फूली खेलौना होइन, माननीय खगेन्द्र सुनारज्यू !
१ दिन अगाडि
1.1kViews 30 Shares Share on Facebook Share on Twitter सांसद बन्न जनताको मत चाहिन्छ, तर प्रहरी महानिरीक्षक बन्न वर्षौंको प्रहरी…





