

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१० बरीपाटीकी ५५ वर्षीया आशा बुढा रहेकी छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहोराका अनुसार शनिबार राति ११ः४५ बजे लेकबेसी नगरपालिका–१० झुप्रामा लेकबेसीबाट भुतचोकतर्फ आउँदै गरेको भे ६ प ४७३ नम्बरको मोटरसाइकलले बुढालाई ठक्कर दिएको थियो।
मोटरसाइकल लेकबेसी नगरपालिका–१० का १७ वर्षीय मनोज आचार्यले चलाएका थिए।
मोटरसाइकलको ठक्करबाट घाइते बुढालाई उपचारका लागि माया नर्सिङ होम अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि प्रदेश अस्पताल हुँदै थप उपचारका लागि नेपालगञ्जस्थित नरसिंह होम लगिएको थियो।
उनको उपचारकै क्रममा आइतबार बिहान ७ः२० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
समाज
थप सामाग्री-
ताराखोलाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स, ६५ जना लाभान्वित
-
ब्रिक्स राष्ट्रद्वारा मध्यपूर्व तनावप्रति चिन्ता, विश्व व्यापार र ऊर्जा प्रवाह सहज बनाउन सामूहिक प्रयास गर्ने प्रतिबद्धता
-
चट्याङ लागेर उदयपुरमा ३५ वर्षीय तामाङको मृत्यु
-
छोटी भन्सार खोल्न माग गर्दै रामपुर खापमा तेस्रो दिन पनि धर्ना, सोमबारदेखि आमरण अनसनको चेतावनी
-
सल्यानमा ९० मिटर तल खस्यो बोलेरो, दुई जनाको मृत्यु, चार घाइते
आईजीपीको फूली खेलौना होइन, माननीय खगेन्द्र सुनारज्यू !
१ दिन अगाडि
1.1kViews 30 Shares Share on Facebook Share on Twitter सांसद बन्न जनताको मत चाहिन्छ, तर प्रहरी महानिरीक्षक बन्न वर्षौंको प्रहरी…





