
एमालेकी मधेस प्रदेश सांसद जैनब खातुनको निधन

950Views
15
Shares
रौतहट । नेकपा एमालेकी मधेस प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ।
रौतहट क्षेत्र नम्बर ३ बाट समानुपातिकतर्फ मधेस प्रदेशसभामा प्रतिनिधित्व गर्दै आएकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनलाई बुधबार अचानक चिनीको मात्रा बढेपछि उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए।
खातुन नेकपा एमालेबाट समानुपातिकतर्फ मधेस प्रदेशसभा सदस्य बनेकी थिइन्। उनको निधनले परिवार, आफन्त तथा पार्टीपंक्तिमा शोक छाएको छ।
Facebook Comments Box
समाज
थप सामाग्री
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
१ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य…





