
१ अर्ब ३४ करोडको अवैध हुण्डी कारोबार आरोपमा मुखिया पक्राउ

काठमाडौं । मलेसियालगायत विभिन्न मुलुकबाट अवैध रूपमा हुण्डीमार्फत ठूलो परिमाणमा रकम कारोबार गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक जनालाई पक्राउ गरेको छ।
सीआईबीले धनुषाको शहीद नगरपालिका–४ का अजयकुमार मुखियालाई एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको आरोपमा पक्राउ गरेको हो।
प्रारम्भिक अनुसन्धानका क्रममा मुखियाले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरू प्रयोग गरी ठूलो परिमाणमा रकमको अवैध कारोबार गरेको खुलेको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार मलेसियालगायत विभिन्न मुलुकबाट नेपालमा आउने रकम तथा नेपालबाट बाहिर पठाइने रकम हुण्डीमार्फत कारोबार गर्ने गतिविधिमा मुखियाको संलग्नता देखिएको हो। बैंकिङ प्रणालीबाहिरबाट रकमको कारोबार गरी विदेशी मुद्रा तथा विप्रेषणसम्बन्धी प्रचलित कानुनको उल्लंघन गरेको आशंकामा अनुसन्धान अघि बढाइएको जनाइएको छ।
मुखियालाई धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर भदौ ३० गते पक्राउ गरिएको सीआईबीले जनाएको छ। पक्राउ परेका मुखियामाथि अवैध हुण्डी कारोबारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
सीआईबीले हुण्डी कारोबारले औपचारिक वित्तीय प्रणालीलाई प्रभावित पार्नुका साथै राजस्व छली, विदेशी मुद्रा अपचलन तथा अन्य आर्थिक अपराधसँग जोडिन सक्ने भएकाले यस्ता गतिविधिमाथि अनुसन्धान तीव्र बनाउँदै आएको जनाएको छ।
समाज
थप सामाग्री
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
१ दिन अगाडि
1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य…





