प्रहरी जवान जबरजस्ती करणीको आरोपमा पक्राउ

कैलाली । जबरजस्ती करणीको आरोपमा कैलालीमा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालयमै कार्यरत प्रहरी जवान विशाल चौधरी रहेका छन्।

एक विवाहित महिलाले चौधरीविरुद्ध जबरजस्ती करणीको आरोप लगाउँदै जाहेरी दिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जाहेरीका आधारमा पक्राउ परेका चौधरीमाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले अनुसन्धानका क्रममा प्राप्त तथ्य र प्रमाणका आधारमा घटनाको वास्तविकता खुल्ने बताएको छ।

Facebook Comments Box
TOP
15 Shares