
सर्वोच्च अदालतमा एक वर्षमा तीनपटक आगलागी, महेश बस्नेतले उठाए षड्यन्त्रको आशंका

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतमा एक वर्षको अवधिमा तीनपटक आगलागी भएको घटनाप्रति गम्भीर प्रश्न उठाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनको माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले सर्वोच्च अदालतमा पटक–पटक आगलागी हुनु सामान्य संयोग मात्रै हो कि यसभित्र कुनै आपराधिक षड्यन्त्र लुकेको छ भन्ने प्रश्न गरेका हुन्।
‘एक वर्षमा ३ पटक सर्वोच्च अदालतमा आगलागी ! यो संयोग मात्रै हो कि आपराधिक षड्यन्त्रको खेल ?’ बस्नेतले प्रश्न गरेका छन्।
उनले आगलागीका कारण न्यायसँग सम्बन्धित महत्वपूर्ण अभिलेख तथा प्रमाण नष्ट भएको हुन सक्ने र त्यसबाट कुनै अपराधमा संलग्न व्यक्तिलाई जोगाउने प्रयास भएको त होइन भन्ने आशंकासमेत व्यक्त गरेका छन्।
‘न्यायका अभिलेख र प्रमाण नष्ट गरेर अपराधी बचाउने प्रयास त होइन ?’ उनले भनेका छन्।
बस्नेतले सर्वोच्च अदालतमा भएका आगलागीका घटनाको वास्तविक कारण पत्ता लगाउन निष्पक्ष तथा स्वतन्त्र छानबिन आवश्यक रहेको बताएका छन्। उनले घटनाबारे सत्यतथ्य अनुसन्धान गरी जनतासामु सार्वजनिक गर्न सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन्।
‘निष्पक्ष र स्वतन्त्र छानबिन गरियोस्, सत्य जनतासामु ल्याइयोस्,’ बस्नेतले भनेका छन्।
समाज
थप सामाग्री
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
१ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य…





