
मुक्तिनाथ म्युचुअल फण्ड–२ को इकाई आजदेखि बिक्री खुला

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले आज (असोज १ गते) देखि ‘मुक्तिनाथ म्युचुअल फण्ड–२’ को इकाई निष्काशन तथा बिक्री खुला गर्दैछ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । कुल निष्काशनमध्ये बिक्री भएको इकाईको १३ प्रतिशत अर्थात् १ करोड ३० लाख इकाई योजना प्रवर्धक मुक्तिनाथ विकास बैंकका लागि र २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
फण्डमा न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आवेदन दिने अन्तिम मिति असोज ६ गते तोकिएको छ । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा असोज १५ गतेसम्म निष्काशन अवधि थप गर्न सकिनेछ ।
बिक्री खुला अवधिभित्र कम्तीमा ५० प्रतिशत अर्थात् ५ करोड इकाई खरिदका लागि आवेदन प्राप्त भएमा फण्डको इकाई बाँडफाँट गर्न सकिने व्यवस्था छ । तोकिएको न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने क्यापिटलले जनाएको छ ।
१० वर्ष अवधिको यो फण्ड बन्दमुखी योजना हो । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकसमेत मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थामार्फत तथा ‘मेरो शेयर’ वेब र एपबाट समेत फण्डको इकाईमा आवेदन दिन सक्नेछन् ।
समाज
थप सामाग्री
बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, कतै पूर्ण अवरुद्ध त कतै एकतर्फी सञ्चालन
१ दिन अगाडि
1.5kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न मुख्य…





