नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, १५औँ महाधिवेशनमा छलफल हुने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारीलगायत समसामयिक तथा सांगठनिक विविध विषयमा छलफल हुने बताइएको छ।
महाधिवेशनको तयारी, पार्टीको आन्तरिक संगठन सुदृढीकरण तथा आगामी राजनीतिक गतिविधिका विषयमा समेत बैठकमा आवश्यक छलफल हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box
TOP
15 Shares