
धर्म होस् या अरु विषयमा प्रश्न उठाउँदा प्रमाण र संवैधानिक मर्यादाको पनि ख्याल गरौं फगत भाइरल हुने कुचेष्टाको अन्त्य गरौं
खुस्बु ओलीलाई दल मर्दन कामीको कडा प्रश्न, धर्मान्तरणको आरोप हो भने प्रमाण खोइ?

काठमाडौं । राष्ट्रिय टेलिभिजन (NTV) मा प्रसारित कार्टुन सामग्रीले इसाई धर्मान्तरणलाई प्रवर्द्धन गरेको आशयमा प्रतिनिधिसभामा प्रश्न उठेपछि संयुक्त नागरिक पार्टीका नेता दल मर्दन कामीले प्रमाणसहित तथ्य सार्वजनिक गर्न माग गरेका छन्। उनले प्रतिनिधिसभा राप्रपा सदस्य खुस्बु ओलीले NTV मा प्रसारित केही कार्टुन सामग्रीले बालबालिकाको मनोविज्ञानलाई लक्षित गर्दै धार्मिक प्रभाव विस्तार गर्न खोजेको र त्यसको Funding कहाँबाट भएको हो भन्ने प्रश्न संसदमा उठाएकी थिइन्।
सांसद वली संसदमा राखेको कुरा प्रति प्रतिक्रिया दिँदै कामीले धर्मजस्तो संवेदनशील विषयमा संसदबाट प्रश्न उठाउनु जनप्रतिनिधिको अधिकार भए पनि कुनै जात, धर्म वा समुदायलाई लक्षित गर्न दाबी प्रमाण र सत्यतथ्यमा आधारित हुनुपर्ने बताएका छन्। खुस्बु वलीले संसदमा राखेको अभिव्यक्ति अनुसार प्रश्न गर्दै भनेका छ्न “कुन सामग्रीले धर्मान्तरण प्रवर्द्धन गरेको हो? कसले निर्माण गरेको हो? कुन सम्झौताअन्तर्गत प्रसारण भयो? Funding कहाँबाट भएको हो? प्रमाण सार्वजनिक गरियोस्,”। उनले गलत वा गैरकानुनी सामग्री प्रसारण भएको प्रमाण भए सम्बन्धित निकायमार्फत छानबिन र कारबाहीको माग गर्नुपर्ने उनको भनाइ छ। तर प्रमाणबिना हचुवामा भाइरल हुनको लागि चिन्तन राखेर आरोप–प्रत्यारोप गर्दा धार्मिक संवेदनशीलता र सामाजिक सद्भावमा असर पर्न सक्ने उनले दाबी गरेका छन्।
कामीले खुस्बु ओलीलाई प्रश्न गरेका छन्, “नेपालका इसाई नागरिकले तपाईंको पार्टीलाई मत दिएका थिएनन्?” भन्दै सबै धर्म र समुदायका नागरिकको समान संवैधानिक अधिकारलाई जनप्रतिनिधिले सम्मान गर्नुपर्ने बताउदै उनले बालबालिकाको मनोविज्ञानलाई धार्मिक द्वेषबाट जोगाउँदै प्रेम, शान्ति, एकता र मेलमिलापको वातावरण निर्माण गर्नु राज्य र जनप्रतिनिधिको दाइत्व र जिम्मेवारी समेत भएको उल्लेख गरेका छन्।
संयुक्त नागरिक पार्टीका सस्थापक अध्यक्ष समेत रहेका कामीले सदनबाटै कुरा उठेपछि NTV ले पनि उक्त कार्टुनबारे स्पष्ट पार्नुपर्ने बताएका छन्। कार्टुन कसले बनायो? कसको लगानी हो? कुन सम्झौतामा प्रसारण भयो? सम्पादकीय मापदण्ड के हो? भन्ने प्रश्नको जवाफ NTV ले सार्वजनिक गर्नुपर्ने उनको माग छ। त्यसैगरी कामिले धर्मलाई राजनीतिक उत्तेजना वा प्रचारको साधन नबनाउन आग्रह गर्दै भनेका छन् “धर्मको संवेदनशीलता राजनीतिक गर्ने साधन होइन, सत्यतथ्य र जिम्मेवारीको विषय हो। आरोप लगाउने हो भने प्रमाणसहित आउनुहोस्, प्रश्न उठाउने हो भने सत्यतथ्यसहित उठाउनुहोस् ”भनेका छ्न ।
कामीले संसदमा बोलिएका शब्दको जवाफदेहिता संसदबाहिर नागरिकप्रति समेत हुने भन्दै धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र जिम्मेवार राजनीतिक संस्कार कमजोर पार्ने भाष्य निर्माण नगर्न आग्रह गर्दै उनले भनेकाछन्। “राजनीति आरोपमा होइन, यथार्थमा आधारित होस्; धर्म संवेदनशीलताको विषय हो, राजनीतिक उत्तेजनाको साधन होइन।”
समाज
थप सामाग्री
आज असोज १ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष : दीर्घकालीन लाभ हुने कार्य प्रारम्भ गर्न तथा नयाँ सम्झौता…





