
आज असोज २ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

मेष
आत्मविश्वास र दृढताले पुराना अवरोध हटाउँदै लक्ष्यतर्फ अघि बढ्न सकिनेछ। कार्यक्षेत्रमा मेहनतको प्रशंसा हुनेछ भने रोकिएका कामले गति लिनेछन्। प्रियजनको साथले मनमा खुसी र शान्ति छाउनेछ। शुभ रंग रातो, शुभ अंक ३।
वृष
आर्थिक दृष्टिले दिन फलदायी रहनेछ। आम्दानीका नयाँ अवसर फेला पर्न सक्छन्। बोलीमा मिठास कायम राख्दा मान–सम्मान बढ्नेछ। साथीभाइको सहयोगले योजनाहरू अघि बढ्नेछन्। शुभ रंग सेतो, शुभ अंक ६।
मिथुन
सहकर्मीहरूसँगको राम्रो समन्वयले कठिन काम पनि सहजै पूरा गर्न सकिनेछ। नयाँ ज्ञान र सीप सिक्ने अवसर मिल्नेछ। प्रियजनसँगको भेटघाटले मनमा उत्साह थप्नेछ। शुभ रंग हरियो, शुभ अंक ५।
कर्कट
पारिवारिक आत्मीयताले घरको वातावरण सुखद बन्नेछ। व्यवसायमा संयमता अपनाउँदा दीर्घकालीन लाभ मिल्नेछ। स्वास्थ्यप्रति सामान्य सावधानी अपनाउँदै नियमित कामलाई निरन्तरता दिनुहोला। शुभ रंग गुलाबी, शुभ अंक २।
सिंह
नेतृत्व क्षमता र स्पष्ट विचारको प्रशंसा हुनेछ। नयाँ व्यावसायिक सम्झौताका लागि समय अनुकूल देखिन्छ। आत्मविश्वास र क्षमताको सही प्रयोगले सफलता प्राप्त गर्न सकिनेछ। शुभ रंग केसरी, शुभ अंक १।
कन्या
हिसाबकिताब, कागजपत्र तथा व्यवस्थित काममा विशेष ध्यान जानेछ। साना गल्ती समयमै सच्याउँदा भविष्यको झन्झटबाट बच्न सकिनेछ। दैनिक जीवनमा अनुशासन कायम राख्नु लाभदायक हुनेछ। शुभ रंग पहेंलो, शुभ अंक ९।
तुला
कला, संगीत तथा सिर्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ। नयाँ व्यावसायिक कामबाट लाभ मिल्ने सम्भावना छ। अग्रजको सुझाव लिएर गरिएको निर्णय फलदायी बन्नेछ। साझेदारीका काममा सफलता मिल्न सक्छ। शुभ रंग कलेजी, शुभ अंक ७।
वृश्चिक
अधुरा योजनालाई पूरा गर्न साहस र एकाग्रता बढ्नेछ। वैदेशिक तथा टाढाका काममा सकारात्मक प्रगति हुनेछ। आर्थिक अवस्था पनि सुधारिनेछ। नयाँ कामको सुरुवातका लागि दिन अनुकूल छ। शुभ रंग गाढा रातो, शुभ अंक ८।
धनु
धार्मिक, आध्यात्मिक तथा परोपकारी कार्यमा मन जानेछ। रोकिएका आर्थिक कारोबार सुल्झिनेछन्। पठनपाठन तथा बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हासिल गर्न सकिनेछ। पारिवारिक शुभकार्यको चर्चाले उत्साह बढाउनेछ। शुभ रंग पहेंलो, शुभ अंक ४।
मकर
वरिष्ठ अधिकारी तथा अग्रजको सहयोगले कठिन काम पनि सहज बन्नेछ। कार्यव्यस्तता बढे पनि अपेक्षित परिणाम प्राप्त हुनेछ। धैर्य र निरन्तर प्रयासले सफलता दिलाउनेछ। शुभ रंग गाढा खैरो, शुभ अंक ८।
कुम्भ
जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दा कार्यक्षेत्र र समाजमा प्रशंसा पाइनेछ। सामाजिक भेटघाटबाट नयाँ अवसरको ढोका खुल्न सक्छ। आफ्नो विचार स्पष्ट र निडर रूपमा राख्दा लाभ मिल्नेछ। शुभ रंग सुन्तला, शुभ अंक १।
मीन
सकारात्मक सोच र आत्मचिन्तनले नयाँ उत्साह प्रदान गर्नेछ। बिग्रन लागेका काम पुनः लयमा फर्कनेछन्। आम्दानीका वैकल्पिक स्रोत भेटिनुका साथै रोकिएको धन प्राप्त हुने योग छ। शुभचिन्तकको सहयोगले नयाँ सुरुवात सुखद बन्नेछ। शुभ रंग नीलो, शुभ अंक ६।
समाज
थप सामाग्री
आज असोज १ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष : दीर्घकालीन लाभ हुने कार्य प्रारम्भ गर्न तथा नयाँ सम्झौता…





