
हेटौँडाबाट काठमाडौँ जाने त्रिभुवन राजपथ र कान्ति राजमार्गमा दुईतर्फी यातायात खुला

हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा शुक्रबारदेखि नियमित रूपमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा अवरुद्ध सडक सञ्चालनमा आएसँगै हेटौँडा–काठमाडौँ जोड्ने दुवै मार्गमा लगाइएको एकतर्फी व्यवस्था हटाइएको हो।
त्रिभुवन राजपथले हेटौँडालाई पालुङ–नौबिसे हुँदै काठमाडौँसँग जोड्छ भने कान्ति राजमार्गले हेटौँडालाई टीकाभैरव–ललितपुर हुँदै काठमाडौँ उपत्यकासँग जोड्छ।
कृष्णभीरमा सडक अवरुद्ध भएपछि सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन प्रशासनले गत भदौ १६ गतेदेखि मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनलाई काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्कंदा कान्ति राजमार्ग प्रयोग गर्ने गरी एकतर्फी यातायात व्यवस्था गरेको थियो।
कृष्णभीर खण्डमा सडक सञ्चालनमा आएपछि उक्त व्यवस्था हटाइएको प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए। उनका अनुसार शुक्रबारदेखि दुवै राजमार्गमा नियमित रूपमा दुईतर्फी यातायात सञ्चालन गरिएको छ।
समाज
थप सामाग्री
आज असोज १ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष : दीर्घकालीन लाभ हुने कार्य प्रारम्भ गर्न तथा नयाँ सम्झौता…





