
इटहरीमा मोटरसाइकल डिभाइडरमा ठोक्किँदा युवकको मृत्यु

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका छन् ।
घाइते सन्दीपको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका अनिलको पनि सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
समाज
थप सामाग्री
आज असोज १ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष : दीर्घकालीन लाभ हुने कार्य प्रारम्भ गर्न तथा नयाँ सम्झौता…





