
अमेरिकी दूतावासकी कार्यवाहक राजदूत बोल्डिनद्वारा भोटेकोशी–त्रिशूली बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत (चार्ज डे अफेयर्स) मेगन बोल्डिनले भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट क्षतिग्रस्त क्षेत्रको स्थलगत अवलोकन गरेकी छन्।
बोल्डिन नेतृत्वको अमेरिकी दूतावासको टोली केहीबेरअघि नुवाकोटको त्रिशूली क्षेत्रतर्फ गएको हो। टोलीले बाढीका कारण भएको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा पुनःस्थापनाका प्रयासबारे स्थलगत जानकारी लिने जनाइएको छ।
बोल्डिन यसअघि बंगलादेशका लागि कार्यवाहक राजदूतका रूपमा कार्यरत थिइन्। उनी करिब दुई साताअघि काठमाडौं आएकी हुन्। नेपाल आएपछि उनले काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेकी हुन्।
यसअघिका कार्यवाहक राजदूत स्कट उर्बम भने डेपुटी चिफ अफ मिसनको भूमिकामा नियुक्त भएका छन्।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीबाट प्रभावित क्षेत्रमा सडक, पुल, जलविद्युत् आयोजना तथा स्थानीय पूर्वाधारमा क्षति पुगेपछि उद्धार, राहत तथा पुनःस्थापनाका काम भइरहेका छन्।
समाज
थप सामाग्री
आज असोज १ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
१ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष : दीर्घकालीन लाभ हुने कार्य प्रारम्भ गर्न तथा नयाँ सम्झौता…





