देवानगञ्जमा फेरि गोली चल्यो, युवक घाइते, दुईजना पक्राउ

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा आइतबार बिहान गोली प्रहार हुँदा एक युवक घाइते भएका छन्।

गोली लागेर स्थानीय निरज यादव घाइते भएका हुन्। उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ। घाइते यादवको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले देवानगञ्ज–१ मा गोली प्रहार भएको पुष्टि गरेका छन्। उनका अनुसार घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

घटनालगत्तै प्रहरीले घटनास्थलमा टोली परिचालन गरेको छ। डीएसपी खड्काले आफू पनि घटनास्थलतर्फ जाँदै गरेको जानकारी दिएका छन्।

गोली प्रहारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान तथा घटनामा उनीहरूको भूमिकाबारे प्रहरीले तत्काल सार्वजनिक गरेको छैन।

देवानगञ्जमा यसअघि पनि गोली चलेको घटना भएको थियो। गत साउनमा देवानगञ्जमा दुई समुदायबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनापछि मधेस प्रदेशका विभिन्न स्थानमा समेत तनाव र हिंसाका घटना फैलिएका थिए।

यसपटकको गोली प्रहारको कारण, घटनामा संलग्न व्यक्तिहरू र घटनाको पृष्ठभूमिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Facebook Comments Box
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि

1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…

TOP
15 Shares