भारत भ्रमण सकेर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किनुभएको छ।
भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुग्नुभएका अर्थमन्त्री वाग्लेले भ्रमणका क्रममा भारतीय उच्च अधिकारी, कूटनीतिज्ञ, आर्थिक क्षेत्रका प्रतिनिधि तथा प्राज्ञिक व्यक्तित्वसँग विभिन्न चरणमा छलफल गर्नुभएको थियो।
भ्रमणका क्रममा भारतका प्रभावशाली मन्त्रीस्तरीय दुई भेटवार्तासहित कूटनीतिक, सामाजिक, आर्थिक–व्यावसायिक तथा प्राज्ञिक मञ्चमा अर्थमन्त्री वाग्ले सहभागी हुनुभएको थियो।
अर्थमन्त्री वाग्लेका अनुसार रसुवामा गएको भोटेकोशी बाढीपछि उद्धार तथा राहतका क्रममा भारत सरकारले गरेको सहयोगप्रति नेपाल सरकारका तर्फबाट भारत सरकारलाई धन्यवाद ज्ञापन गरिएको छ। साथै, बाढीपछिको पुनर्निर्माणमा भारतसँग थप सहयोग र सहकार्यका लागि प्रस्तावसमेत गरिएको उहाँले जानकारी दिनुभएको छ।
भ्रमणका क्रममा दुई देशबीचको राजनीतिक, आर्थिक तथा कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको अर्थमन्त्री वाग्लेको भनाइ छ। उहाँका अनुसार भेटवार्ता र छलफलहरू नेपाल–भारत आर्थिक सहकार्यका नयाँ सम्भावना पहिचान गर्ने दृष्टिले फलदायी रहेका छन्।
बिहीबार अर्थमन्त्री वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्नुभएको थियो। भेटमा नेपाल–भारत आर्थिक सहकार्यका विभिन्न आयाम, द्विपक्षीय आर्थिक सम्बन्ध तथा आगामी सहकार्यका विषयमा छलफल भएको थियो।
त्यसैगरी, शुक्रबार उहाँले भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुभएको उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागिता जनाउनुभएको थियो।
अर्थमन्त्री वाग्लेको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका आर्थिक, कूटनीतिक तथा पुनर्निर्माणसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाइएको जनाइएको छ।

Facebook Comments Box
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि

1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…

TOP
15 Shares