
बाढी–पहिरोले बागमती र कोशीका विभिन्न सडकखण्ड प्रभावित, केही स्थानमा पूर्ण अवरोध

काठमाडौं । लगातारको बाढी तथा पहिरोका कारण बागमती र कोशी प्रदेशका विभिन्न सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केही स्थानमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत खुक–नेपालथोक–कटुन्जेबेँसी हुँदै सञ्चालन हुने बीपी राजमार्ग बाढी तथा पहिरोका कारण प्रभावित भएको प्रहरीले जनाएको छ।
रसुवाका विभिन्न स्थानमा बाढीका कारण मुख्य राजमार्ग प्रभावित भएका छन्। अर्को सूचना जारी नभएसम्म राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा टोखा–छहरे सडकखण्ड बाढी तथा पहिरोको जोखिममा रहेकाले राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
त्यस्तै, नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा बाढीका कारण पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित ज्वालामुखी र शीतलबजार क्षेत्रमा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। ती दुवै स्थानमा हाल एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
यस्तै, कोशी प्रदेशअन्तर्गत संखुवासभाको मकालु गाउँपालिका–४ स्थित नेताभीरमा पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीले बाढी तथा पहिरोका कारण प्रभावित सडकखण्डमा आवश्यक सावधानी अपनाउन तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
समाज
थप सामाग्री-
रसुवा–नुवाकोटका बाढीपीडितको पीडामा भगबती चौधरीको साथ, ‘जग्गा सरकारले देओस्, घर हामी बनाउँछौँ’
-
आज असोज ४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी सरुवाको गृहकार्यमा ढिलाइ, डीआईजीदेखि इन्स्पेक्टरसम्मको सूची गृह मन्त्रालयमै रोकियो
-
मुस्ताङमा रसुवा बाढीको असर : भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशत घट्यो
-
भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि घले दम्पतीद्वारा ५७ करोड ८५ लाख सहयोग घोषणा
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…





