श्रीमतीको हत्या आरोपमा उदयपुरमा श्रीमान् पक्राउ

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा मादक पदार्थ सेवन गरेका एक पुरुषले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।
प्रहरीका अनुसार चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँका अन्दाजी ५८ वर्षीय गन्दु राम राईले घरायसी विवादका क्रममा आफ्नी अन्दाजी ४५ वर्षीया श्रीमती विमला राईलाई धारिलो हतियार (सिकल) प्रहार गरेका थिए।
गएराति करिब १२ः३० बजे घरायसी विवादका क्रममा गन्दु रामले सिकलले गर्दनमा प्रहार गर्दा विमला गम्भीर घाइते भएकी थिइन्। घटनालगत्तै गन्दु राम आफैँ प्रहरी पोष्ट माडिबासमा पुगेर घटनाबारे जानकारी गराएका थिए।
जानकारी प्राप्त भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेल्टारमा ल्याएको जनाएको छ।
यता, घाइते विमलालाई प्रहरी हवल्दारको कमान्डमा खटिएको दुई जनाको टोलीले तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार पुर्‍याएको थियो। उनको उपचारका क्रममा राति १ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Facebook Comments Box
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि

1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…

TOP
15 Shares