
डायनामिक साकोसको १८ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न

दिनेश महर्जन
संवाददाता
डायनामिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोक ललितपुरको १८ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन मिति २०८३ असोज ३ गते शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री पुष्प प्रसाद श्रेष्ठको सभापतित्वमा शुभारम्भ भएको उक्त साधारण सभामा संस्थाका उपाध्यक्ष श्री रवि शंकर श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो । आ।व।२०८२ र ०८३ को वार्षिक प्रतिवेदन तथा आव २०८३/०८४ को लागि प्रस्तावित कार्य योजना, आव।२०८२र०८३ को आर्थिक प्रतिवेदन तथा आव २०८३र०८४ को अनुमानित आयव्यय विवरण, लेखा सुपरीवेक्षण समितिको आ।व। २०८२र०६३ को प्रतिवेदन संस्थाका सचिव श्री नरेन्द्र शाक्य र लेखा सुपरीवेक्षण समितिका संयोजक श्री शंकर प्रसाद श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनहरुका साथै सो साधारण सभामा विषयगत छलफल गरी सर्वसम्मतबाट पारित गरिएको थियो । सो सभामा संस्थाका सञ्चालक समितिका पूर्व अध्यक्ष श्री राजेन्द्र शाक्य तथा सदस्य श्री सुरेन्द्र शाक्यले आ(आफ्नो धारणा राख्नु भएको थियो । साथै संस्थाको १८ औं वार्षिक साधारण सभाका सभापति एवं सञ्चालक समितिका अध्यक्ष श्री पुष्प प्रसाद श्रेष्ठले देशमा बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुको वर्तमान अवस्था र यस डायनामिक साकोसको भावी रणनीति तथा कार्य योजना बारे प्रकाश पार्नु भयो । साथै यस संस्था वागमति प्रदेश बचत तथा ऋण सहकारी संघ लि। बागमति प्रोस्कुनले सञ्चालन गरेको COSIS (Cooperatives Self-regulation program for Organizational Sustainability and Institunalized Services) कार्यक्रममा आवद्ध भै संस्था सञ्चालनको लागि प्राप्त स्वःनियमहरुको अवलम्वन गरिरहेको जानकारी दिनु भयो ।
यस १८ औ वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नयाँ पदाधिकारी एवं सदस्यहरु निर्विरोध निर्वाचित भएका छन । सात सदस्यीय सञ्चालक समितिमा श्री पुष्प प्रसाद श्रेष्ठ, श्री रवि शंकर श्रेष्ठ, श्री शंकर प्रसाद श्रेष्ठ, श्री यशोदा श्रेष्ठ क्रमशः अध्यक्ष, उपाध्यक्ष, सचिव तथा कोषाध्यक्ष र सदस्यहरुमा श्री नरेन्द्र शाक्य, शिव श्रेष्ठ र रुद्र कुमारी बस्नेत निर्विरोध निर्वाचित भएका छन् । यसै गरी लेखा सुपरीक्षेण समितिमा श्री निर्मल कुमार बराल, रेखा श्रेष्ठ र विशाल शाक्य क्रमश संयोजक तथा सदस्यहरुमा निर्विरोध निर्वाचित भएका छन् ।
समाज
थप सामाग्री-
रसुवा–नुवाकोटका बाढीपीडितको पीडामा भगबती चौधरीको साथ, ‘जग्गा सरकारले देओस्, घर हामी बनाउँछौँ’
-
आज असोज ४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी सरुवाको गृहकार्यमा ढिलाइ, डीआईजीदेखि इन्स्पेक्टरसम्मको सूची गृह मन्त्रालयमै रोकियो
-
मुस्ताङमा रसुवा बाढीको असर : भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशत घट्यो
-
भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि घले दम्पतीद्वारा ५७ करोड ८५ लाख सहयोग घोषणा
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…





