
राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ

काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन्। उनलाई प्रहरीले मोरङको बेलबारीबाट पक्राउ गरेको हो।
सामाजिक सञ्जाल तथा डिजिटल माध्यममार्फत साइबर अपराधसम्बन्धी गतिविधि गरेको आरोपमा काठमाडौंस्थित साइबर ब्यूरोमा दर्ता भएको मुद्दाका आधारमा दाहाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालका अनुसार साइबर ब्यूरोको सिफारिसमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि दाहाललाई बेलबारीबाट नियन्त्रणमा लिइएको हो।
पूर्वमाओवादी पृष्ठभूमिका दाहाल दाङका स्थायी बासिन्दा हुन्। मोरङमा आयोजित एक कार्यक्रममा सहभागी हुन पुगेका बेला उनलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममा गरिएका टिप्पणी तथा कमेन्टलगायतका विषयलाई लिएर उनीविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता भएको हो। यद्यपि, उनीमाथि लगाइएको आरोप र घटनाको विस्तृत विवरणबारे थप अनुसन्धानपछि मात्र तथ्य स्पष्ट हुने प्रहरीले जनाएको छ।
एसपी कटुवालका अनुसार दाहाललाई विराटनगरबाट दिउँसो २ बजेपछि हवाईजहाजमार्फत काठमाडौं ल्याइने तयारी छ। काठमाडौं ल्याएपछि उनलाई साइबर ब्यूरोको जिम्मा लगाई घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
रसुवा–नुवाकोटका बाढीपीडितको पीडामा भगबती चौधरीको साथ, ‘जग्गा सरकारले देओस्, घर हामी बनाउँछौँ’
-
आज असोज ४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
-
प्रहरी सरुवाको गृहकार्यमा ढिलाइ, डीआईजीदेखि इन्स्पेक्टरसम्मको सूची गृह मन्त्रालयमै रोकियो
-
मुस्ताङमा रसुवा बाढीको असर : भदौमा पर्यटक आगमन ४७.७८ प्रतिशत घट्यो
-
भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि घले दम्पतीद्वारा ५७ करोड ८५ लाख सहयोग घोषणा
कागे अष्टमीमा कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो, काग दोष निवारणको विश्वास
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी…





