
बाजुरामा विद्युत्को पोलमा करेन्ट लागेर ४२ वर्षीय केसीको मृत्यु

धनगढी । बाजुरामा विद्युत्को पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बुढीगंगा नगरपालिका–२ परिवनका करिब ४२ वर्षीय धनबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको हो।
बुधबार घरबाट बाहिरिएका केसी साँझसम्म घर नफर्किएपछि आफन्तले खोजी गरेका थिए। खोजी गर्ने क्रममा उनलाई सोही वडास्थित परिवन सामुदायिक वनभित्र गाडिएको केन्द्रीय विद्युत् लाइनको पोलमा करेन्ट लागेर घटनास्थलमै मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।
घटनाबारे स्थानीयले बुधबार राति करिब ९ः५० बजे जिल्ला प्रहरी कार्यालय बाजुरामा जानकारी गराएका थिए। त्यसपछि अस्थायी प्रहरी बेस क्याम्प बल्देबाट प्रहरी सहायक हवल्दार रतनबहादुर साउदको कमान्डमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
न्यायाधीशका पीएसओ वरिष्ठ प्रहरी हवल्दार ढकालले आफैँलाई गोली हानेर गरे आत्महत्या
-
दुईतिहाइको दम्भमा न्यायालयमाथि दबाब, के सरकार संविधानभन्दा माथि छ?
-
सर्वोच्चको म्याद बुझ्न प्रहरी प्रधानकार्यालयको अस्वीकार, आईजीपी सचिवालयले देखायो भाषागत त्रुटि
-
न्यायमा अवरोध : राज्यशक्तिको दम्भ कि सर्वसत्तावादी मानसिकता?
-
आज हरिबोधनी एकादशी : तुलसी विवाहसँगै चतुर्मास समाप्त, शुभकार्यको ढोका खुल्दै
आज मंसिर ३ गते बिहीबार, यस्तो छ तपाईंको राशिफल
२ दिन अगाडि
1.3kViews 15 Shares Share on Facebook Share on Twitter मेष काममा नयाँ जिम्मेवारी मिल्नेछ। आम्दानीको बाटो सहज हुनेछ। विद्यार्थीलाई पढाइमा…





