
तिथि वृद्धि हुँदा दुई दिन महाअष्टमी, दुवै दिन अष्टमीकै पूजा गर्नुपर्ने

काठमाडौं । यस वर्ष नवरात्रमा तिथि वृद्धि भई दुई दिन अष्टमी परेकाले दुवै दिन महाअष्टमीका धार्मिक कर्म गर्नुपर्ने भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ।
समितिका पूर्वसदस्य एवं वाल्मीकि विद्यापीठको धर्मशास्त्र विभागका प्रमुख प्रा. डा. देवमणि भट्टराईका अनुसार कात्तिक १ गते गरिएको महाअष्टमीको पूजा तथा अन्य धार्मिक कर्म कात्तिक २ गते पनि दोहोर्याउनुपर्ने हुन्छ।
कात्तिक २ गते नवरात्रको नवौँ दिन भए पनि दसैँघर वा पूजा कोठामा नवदुर्गामध्ये आठौँ देवी महागौरीकै पूजा आराधना गर्नुपर्ने उनले बताए। महाअष्टमीका दिन गरिने अन्य धार्मिक कर्मसमेत सोमबार दोहोर्याउनुपर्ने उनको भनाइ छ।
समितिले स्वीकृति दिएको पात्रोमा आश्विन शुक्ल अष्टमीको राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने उल्लेख छ। अष्टमी तिथि दुई दिन परेकाले यस वर्ष नवरात्रसमेत दशरात्र बन्न पुगेको छ।
यस वर्ष विजयादशमीका दिन टीका लगाउँदा १० रात्रिका जमरा लगाइने भएको छ। धर्मशास्त्रविद्हरूका अनुसार देवीको साधना, पूजा तथा आराधना गर्न एक दिन थपिँदैमा धार्मिक अनुष्ठानमा कुनै फरक पर्दैन।
समाज
थप सामाग्री-
खगेन्द्र र गिरीबहादुर सुनार प्रकरणमा ओशो तपोवनको आपत्ति, व्यक्तिगत घटनामा संस्था नजोड्न आग्रह
-
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा आक्रोश, प्रवेश निषेधको घोषणा
-
बीपी राजमार्गमा हायस दुर्घटना, तीन जना घाइते
-
तिथि वृद्धिले नवरात्र दशरात्र, हनुमानढोकामा कालरात्रि पूजा आज राति
-
आज कार्तिक २ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
आज महागौरीको पूजा गरिँदै, सुख, शान्ति र समृद्धिको कामनासहित नवदुर्गाको आराधना
१ दिन अगाडि
2.1kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौँ । शारदीय नवरात्रको आठौँ दिन आज नवदुर्गामध्ये आठौँ स्वरूप माता…





