आइतबारदेखि पश्चिमी वायु सक्रिय हुने, तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएपछि आगामी आइतबारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात हुने सम्भावना देखिएको छ।

मौसममा हुने परिवर्तनसँगै केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने अनुमान गरिएको छ। यसलाई मध्यनजर गर्दै मौसमविद्हरूले खेतमा काट्न बाँकी रहेको धानबाली र सुकाउन राखिएको पराल सुरक्षित राख्न किसानलाई सुझाव दिएका छन्।

जल तथा मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलका अनुसार शुक्रबार र शनिबार देशभरको मौसम सामान्यतया सफा रहनेछ। यी दुई दिन पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि उल्लेख्य मौसमी फेरबदल हुने छैन।

तर, आइतबारदेखि पश्चिमी वायु सक्रिय भएसँगै मौसममा परिवर्तन आउने सम्भावना छ। सुरुमा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपात सुरु हुने र त्यसको प्रभाव क्रमशः गण्डकी प्रदेशसम्म विस्तार हुने मौसमविद्हरूको आकलन छ।

यसैगरी बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा समेत छिटपुट वर्षा हुन सक्ने सम्भावना रहेको छ।

सम्भावित वर्षा, हिमपात र असिनाले कृषि उपजमा क्षति पुर्‍याउन सक्ने भएकाले किसानलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी धान भित्र्याउने तयारीमा रहेका किसानले मौसमको अवस्था हेरेर बाली सुरक्षित राख्नुपर्ने देखिएको छ।

Facebook Comments Box
एआईजीका पाँच पद रिक्त हुँदै, बढुवाका लागि डीआईजीहरूबीच तीव्र प्रतिस्पर्धा !
२१ घण्टा अगाडि

1.8kViews 45 Shares Share on Facebook Share on Twitter काठमाडौं ।नेपाल प्रहरीको उच्च नेतृत्व तहमा आगामी पुसदेखि ठूलो फेरबदल हुने…

TOP
45 Shares