रास्वपाको उच्चस्तरीय टोली आज चीन भ्रमणमा जाँदै, महामन्त्री आचार्यले गर्ने नेतृत्व

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा उच्चस्तरीय टोली चीन जान लागेको हो।

भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि तथा जनअपेक्षाअनुरूपको राजनीतिक नेतृत्वलगायत विषयमा अनुभव आदानप्रदान र छलफल हुने बताइएको छ।

त्यसैगरी, चीनको राजनीतिक तथा प्रशासनिक अभ्यास, विकास मोडेल र सार्वजनिक सेवा प्रवाहका अनुभवबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।

यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिइएको छ। साथै, दुई देशका राजनीतिक दलबीच सम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा समेत भ्रमणले योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Facebook Comments Box
TOP
30 Shares