
भारत भ्रमण सकेर आज साँझ स्वदेश फर्किँदै प्रधानमन्त्री बालेन, विमानस्थलमै परराष्ट्रमन्त्रीको पत्रकार सम्मेलन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी आज सोमबार साँझ स्वदेश फर्किने भएका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका प्रमुख गतिविधि, द्विपक्षीय सहमति तथा उपलब्धिबारे जानकारी दिन परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्ने भएका छन् ।
परराष्ट्रमन्त्री खनालले सोमबार साँझ ६ः३५ बजे विमानस्थलको विशिष्ट कक्षस्थित मिडिया हलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको भ्रमणबारे जानकारी गराउने कार्यक्रम तय भएको छ ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा नेपाल–भारत सम्बन्ध, आपसी हित तथा विभिन्न क्षेत्रमा सहकार्यका विषयमा छलफल हुनुका साथै समझदारी र सम्झौतासम्बन्धी विषय अघि बढाइएको थियो ।
भ्रमणका क्रममा भएका सहमति, समझदारी तथा उपलब्धिबारे परराष्ट्रमन्त्री खनालले पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी गराउनेछन् ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको पुनर्बहालीसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै
-
‘दानलाई हटाएर मनोज बनाउँदैमा प्रहरी आफ्नो हुँदैन, नेपाल प्रहरीलाई राजनीतिक भर्तीकेन्द्र नबनाऊ सरकार!’
-
पत्रकार धरपकड र प्रेस काउन्सिल अध्यादेशविरुद्ध महासंघको आन्दोलन, मंसिर ९ गते ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै धर्ना
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ अनुमति जारी, ३४ करोड ऋण दुरुपयोगको आरोप
-
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेशबारे भोलि सर्वोच्चले निर्णय सुनाउने
प्रहरी वरिष्ठ हवल्दार कुटपिट प्रकरणमा पर्सा प्रहरीको छानबिन, असई भोला चौधरी जिल्ला तानिए
१ दिन अगाडि
1.5kViews 30 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीमा प्रहरी वरिष्ठ हवल्दारमाथि भएको कुटपिट…





