
नेपाल प्रहरीमा सरुवा व्यवस्थित गर्न डीआईजी भट्टको नेतृत्वमा सिफारिस समिति गठन

नेपाल प्रहरीमा सरुवा व्यवस्थित गर्न डीआईजी भट्टको नेतृत्वमा सिफारिस समिति गठन
काठमाडौं । नेपाल प्रहरीमा लामो समयदेखि अवरुद्ध रहेको नियमित सरुवालाई व्यवस्थित र प्रभावकारी बनाउन सिफारिस समिति गठन गरिएको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले अन्वेषण निर्देशनालयका डीआईजी राजेन्द्रप्रसाद भट्टको नेतृत्वमा समिति गठन गर्नुभएको हो।
समितिले प्रहरी कर्मचारीहरूको सरुवासम्बन्धी विषयमा अध्ययन गरी आवश्यक सिफारिस गर्नेछ। समितिको सिफारिसका आधारमा सरुवाको प्रक्रिया अघि बढाउने प्रहरी नेतृत्वको तयारी छ।
नेपाल प्रहरीमा नियमित सरुवा प्रक्रिया विगत तीन महिनादेखि अवरुद्ध रहँदै आएको छ। लामो समयदेखि रोकिएको सरुवा प्रक्रिया व्यवस्थित रूपमा अघि बढाउन समिति गठन गरिएको हो।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको पुनर्बहालीसम्बन्धी रिटमा आज सुनुवाइ हुँदै
-
‘दानलाई हटाएर मनोज बनाउँदैमा प्रहरी आफ्नो हुँदैन, नेपाल प्रहरीलाई राजनीतिक भर्तीकेन्द्र नबनाऊ सरकार!’
-
पत्रकार धरपकड र प्रेस काउन्सिल अध्यादेशविरुद्ध महासंघको आन्दोलन, मंसिर ९ गते ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्दै धर्ना
-
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ अनुमति जारी, ३४ करोड ऋण दुरुपयोगको आरोप
-
दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेशबारे भोलि सर्वोच्चले निर्णय सुनाउने
प्रहरी वरिष्ठ हवल्दार कुटपिट प्रकरणमा पर्सा प्रहरीको छानबिन, असई भोला चौधरी जिल्ला तानिए
१ दिन अगाडि
1.5kViews 30 Shares Share on Facebook Share on Twitter वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–२, टिहुकीमा प्रहरी वरिष्ठ हवल्दारमाथि भएको कुटपिट…





