
श्रमिकको सम्मान र समृद्धिका लागि दोहामा ‘सहयात्रा–२०२६’

नानु घले (ब्लोन) दोहा (कतार), मङ्सिर ९ । खाडी तथा मध्यपूर्वका मरुभूमिमा पसिना बगाइरहेका लाखौँ नेपाली श्रमिकको सुरक्षा, सम्मान र उज्ज्वल भविष्यको मार्गचित्र कोर्न गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कतारको राजधानी दोहामा विशेष जमघट गर्ने भएको छ। सङ्घको नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन ‘सहयात्रा–२०२६’ आगामी डिसेम्बर ११ र १२ तारिखमा आयोजना हुन लागेको हो, जसको व्यवस्थापकीय तथा प्राविधिक तयारी अन्तिम चरणमा पुगेको मध्यपूर्व संयोजक रमेश श्रेष्ठले जानकारी दिनुभएको छ।
‘नेपालीका लागि नेपाली’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै हुन लागेको यस सम्मेलनले ‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ भन्ने मुख्य ध्येय बोकेको छ। प्रबासमा आर्जन गरेको सीप, अनुभव र पुँजीलाई स्वदेशको मुहार फेर्ने अभियानमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा सम्मेलनले ठोस निष्कर्ष निकाल्ने संयोजक श्रेष्ठको विश्वास छ।
“प्रबासमा दुःखसुख साट्दै अघि बढ्ने ‘सहयात्रा : सँगसँगैको यात्रा’ नै हाम्रो वास्तविक पहिचान हो,” संयोजक श्रेष्ठले भन्नुभयो, “श्रमिकका पीडामा मलम लगाउने र उनीहरूको हकअधिकारलाई राज्यको नीतिगत तहसम्म पुर्याउने उद्देश्यसहित यो सम्मेलनलाई परिणाममुखी बनाउन हामी जुटेका छौँ।”
दुई दिनसम्म चल्ने उक्त क्षेत्रीय भेलामा नीति निर्माण तहका शीर्ष व्यक्तित्वहरूको प्रत्यक्ष उपस्थिति रहनेछ। आयोजकका अनुसार कार्यक्रममा प्रतिनिधिसभाका सभामुख, मन्त्री, सांसद, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का पदाधिकारी तथा एनआरएन अभियन्ताहरूको विशेष सहभागिता रहने तय भएको छ। त्यसैगरी कतारसहित साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन र ओमानलगायत मध्यपूर्वका विभिन्न देशमा क्रियाशील नेपाली प्रतिनिधिहरू एउटै मञ्चमा भेला हुनेछन्।
सम्मेलनले वैदेशिक रोजगारीका चुनौती न्यूनीकरण गर्दै मर्यादित श्रमको वातावरण निर्माण गर्न ‘दोहा घोषणापत्र’ समेत जारी गर्नेछ। प्रबासमा छरिएर रहेका सम्पूर्ण नेपाली समुदाय, सामाजिक सङ्घसंस्था तथा सरोकारवालाहरूलाई आपसी सद्भाव र एकताका साथ यस साझा अभियानमा जोडिन संयोजक श्रेष्ठले अपिल गर्नुभएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
-
आज मंसिर ९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी कार्कीको रिटमा आज सर्वोच्चको सुनुवाइ, के आउला फैसला ? पुनर्बहालीको बाटो खुल्ला कि सरकारको निर्णयले पाउला निरन्तरता ?
-
सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षपछि मात्रै वकालत गर्न पाइने, ‘कुलिङ अफ पिरियड’ लागू
-
सामूहिक एकता र बोहरा दम्पतीको जग्गादानबाट माखबुँमा निर्माण भयो भव्य श्री विष्णुनारायण मन्दिर
बाँकेमा कुटपिट गर्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले चलायो ८ राउण्ड हवाई फायर, चार प्रहरी घाइते
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा स्थानीयमाथि कुटपिट…





