
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पुनः बस्दै, स्थानीय निर्वाचनदेखि सुकुम्बासी व्यवस्थापनसम्म छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहान ११ बजे पुनः बस्दैछ। बैठकमा पार्टीको संगठनात्मक कार्यभार, विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापन र आगामी स्थानीय निर्वाचनलगायत समसामयिक राजनीतिक तथा राष्ट्रिय मुद्दामा छलफल हुने भएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबार ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपी नगरमा सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको बैठकमा महामन्त्री प्रदीप पौडेलले प्रस्तावित कार्यसूची प्रस्तुत गरेका थिए।
प्रस्तावित कार्यसूचीमा संगठनको आगामी कार्यभारअन्तर्गत ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको छ।
त्यसैगरी भोटेकोशी र बूढीगण्डकी क्षेत्रमा विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माण, विस्थापित सुकुम्बासीको व्यवस्थापन र नागरिक सरोकारका विषयमा पनि छलफल गर्ने एजेन्डा तय गरिएको छ।
बैठकमा सरकारका पछिल्ला गतिविधि र आगामी स्थानीय निर्वाचनका विषयमा समेत प्रारम्भिक छलफल हुने बताइएको छ। यसका अतिरिक्त अन्य समसामयिक तथा विविध राजनीतिक विषयले पनि बैठकमा प्रवेश पाउने कार्यवाहक मुख्यसचिव दुलालले जानकारी दिएका छन्।
मंगलबारको बैठकमा सभापति थापाले समसामयिक राजनीतिक परिस्थितिबारे विशेष सम्बोधन गरेका थिए। आजको बैठकमा प्रस्तुत एजेन्डामाथि थप छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
-
आज मंसिर ९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी कार्कीको रिटमा आज सर्वोच्चको सुनुवाइ, के आउला फैसला ? पुनर्बहालीको बाटो खुल्ला कि सरकारको निर्णयले पाउला निरन्तरता ?
-
सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षपछि मात्रै वकालत गर्न पाइने, ‘कुलिङ अफ पिरियड’ लागू
-
सामूहिक एकता र बोहरा दम्पतीको जग्गादानबाट माखबुँमा निर्माण भयो भव्य श्री विष्णुनारायण मन्दिर
बाँकेमा कुटपिट गर्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले चलायो ८ राउण्ड हवाई फायर, चार प्रहरी घाइते
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा स्थानीयमाथि कुटपिट…





