
सरयू–कमला एक्सप्रेस जनकपुरधाम आइपुग्यो, शनिबारदेखि सातामा एक दिन नियमित सञ्चालन हुने

जनकपुरधाम । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार दिल्लीबाट संयुक्त रूपमा उद्घाटन गरेको सरयू–कमला एक्सप्रेस रेल मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ।
अयोध्याबाट मंगलबार बिहान पौने १० बजे जनकपुरधाम आइपुगेको रेलमा रेलवे कर्मचारीसहित करिब चार सय यात्रु सवार थिए। जनकपुरधाममा केही समय बिताएपछि उक्त रेल मंगलबार दिउँसो १ः३० बजे पुनः अयोध्या फर्किएको छ।
रेलमार्ग हुँदै जनकपुरधाम आएका यात्रुका लागि खाजा, खाना तथा स्वास्थ्य शिविरको निःशुल्क व्यवस्था गरिएको थियो। त्यसैगरी, धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण र जानकी मन्दिर दर्शनका लागि २५ वटा बसको व्यवस्था गरिएको थियो।
नेपाल र भारतबीच धार्मिक पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको उक्त रेल सेवा आगामी शनिबारदेखि सातामा एक दिन नियमित सञ्चालन गर्ने समयतालिका तय भएको छ।
यद्यपि, जनकपुरधामदेखि अयोध्यासम्मको रेल भाडादर भने अझै निर्धारण हुन सकेको छैन। भाडादर भारतीय पक्षले नै निर्धारण गर्ने र जनकपुरधाममा यात्रुका लागि टिकट काट्ने व्यवस्था मात्र गरिएको नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिए।
नियमित सञ्चालनमा आएपछि सरयू–कमला एक्सप्रेसले जनकपुरधाम र अयोध्याबीच धार्मिक पर्यटन, यात्रु आवागमन तथा दुई देशबीचको जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने जानकारहरुले बताएका छन।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
दानबहादुर कार्कीको रिटविरुद्ध सरकारको शक्ति प्रदर्शन, महान्यायाधिवक्तासहित आठ सरकारी वकिल सर्वोच्चमा उत्रिँदै
-
आज मंसिर ९ गते बुधबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी कार्कीको रिटमा आज सर्वोच्चको सुनुवाइ, के आउला फैसला ? पुनर्बहालीको बाटो खुल्ला कि सरकारको निर्णयले पाउला निरन्तरता ?
-
सरकारी सेवाबाट अवकाश पाएको दुई वर्षपछि मात्रै वकालत गर्न पाइने, ‘कुलिङ अफ पिरियड’ लागू
-
सामूहिक एकता र बोहरा दम्पतीको जग्गादानबाट माखबुँमा निर्माण भयो भव्य श्री विष्णुनारायण मन्दिर
बाँकेमा कुटपिट गर्ने समूहलाई नियन्त्रणमा लिन प्रहरीले चलायो ८ राउण्ड हवाई फायर, चार प्रहरी घाइते
१ दिन अगाडि
1.2kViews 15 Shares Share on Facebook Share on Twitter बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा पूर्णिमा जात्राका क्रममा स्थानीयमाथि कुटपिट…





