गौर कारागारबाट संविधान दिवसको अवसरमा १० जना कैदी बन्दी रिहा हुने

रौतहट । रौतहटको सदरमुकाम गौर कारागारबाट संविधान दिवसको अवसरमा १० जना कैदी बन्दी रिहा हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर एेन २०७४ अनुसार बाँकी कैद माफी मिनाहा भएपछि १० जना कैदी रिहा हुन लागेको छन् ।
५० प्रतिशत कैद भुक्तान गरी ८ जना कैदी रिहा हुँदै छन् भने दुई जना ४० प्रतिशत कैद भुक्तान गरी रिहा हुने भएका छन्। रिहा हुनेहरूमा सवारी ज्यान मुद्दाका दीपेश प्रसाद, सोनु कुमार महतो, लालमोहन शर्मा, कर्तव्य ज्यान मुद्दाका राजन कुमार, चोरी मुद्दाका बहादुर पीठकोटी, बहुविवाह मुद्दाका जीत बहादुर भुलन र कविता भन्ने पूर्ण कुमारी फुयाँल रहेको छन् । त्यसैगरी डाँका मुद्दाका प्रेमाशंकर यादव, कुटपिट अङ्गभङ्ग मुद्दाका प्रदीप मिश्रा, र कर्तव्य ज्यान मुद्दामा रहेकी सुमित्रा देवी रिहा हुन लागेको प्रमुख जेलर मणिभुषण साहले बताए।
जनरक्षा फोकस
थप सामाग्रीसमाज
थप सामाग्री-
डिआईजी भट्टको घुमुवा नै रकम असुलीमा, व्यापारीसँग ५ लाख लिएपछि खुल्यो कर्तुत !
-
आज असार १ गते आइतबारको राशीफल : पाथीभरा माताले रक्षा गरुन
-
रौतहटमा तीव्र रूपमा बढ्दो काठ तस्करी, संरक्षणको सट्टा वन कार्यालय ‘कोठे बैठक’मै सीमित
-
आज जेठ ३१ गते अन्तिम शनिबारको राशीफल : मनकामना माताले रक्षा गरुन
-
ओखलढुंगाकी एक महिलाले एकैपटक तीनवटा बच्चा जन्माईन

परिवारलाई बदनाम गराउने उद्देश्यले भिडियो बनाउनेलाई सजाय हुनुपर्छ: परराष्ट्रमन्त्री राणा
२ दिन अगाडि
1.8kViews 264 Shares Share on Facebook Share on Twitter काठमाडौँ। परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले आफू तथा आफ्ना परिवारलाई…