प्रधानमन्त्रीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार प्रदान अहिले चित्त नबुुझे अधिनायकवाद भन्नेहरुलाई जेल हत्कडी थाहा नहुन सक्छ : प्रधानमन्त्री

काठमाडौँ, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीबाट विपी कोइराला राष्ट्रिय पुरस्कार, २०८१ द्वारा आज चार प्रतिभाहरुलाई पुरस्कृत गर्नुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्रष्टाहरु नयनसिंह कडायत, मीना सुुब्बा, तिलविक्रम नेम्वाङ (वैरागी काईँला), भुुवन ढुुङ्गाना कोइरालालाई जनही रु एक लाख राशीसहित पुरस्कृत गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले प्रजातन्त्रका लागि राजनीतिक परिवर्तनको झण्डा बोेक्दा आफ्नो निहित स्वार्थ नहेरी जोखिम मोलेर देशको हितमा लाग्ने अघिल्लो पुस्ताका नेता र स्थापित साहित्यिक व्यक्तित्व भएकाले विपीको सम्मानमा सरकारले पुरस्कार स्थापना गरेको बताउनुुभयो । “अहिले कुनै कुरामा चित्त बुुझेन भने अधिनायकवादी भनिदिए पुुग्छ तर अधिनायकवाद कस्तो हुन्छ भने त्यसबेला भोग्ने विपीहरु र हामीहरुलाई थाहा छ । जेल हत्कडी र कालकोठरी भोग्नेहरुलाई थाहा हुन्छ । अहिले प्रजातन्त्र आएको छ, सजिलो भएको छ । अघिल्लो पुस्ताका विपी कोइरालाहरुले सङ्घर्षका लागि बाटो देखाउनुुभएको छ ।’’, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “राजनीतिक परिवर्तनका लागि काँग्रेस र कम्युुनिष्टले कठिन परिस्थितिको सामना गर्दै बलिदानको आन्दोलन सँगसँगै गरेका छन् । यी लडाइँमा विपी प्रेरणाको मियो हुनुुहुुन्थ्यो । अब विपी कोइराला र पुुष्पलालहरु कुुनै दल विशेषका नेता होइनन्, देशकै नेता हुुन् ।’’
नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाली साहित्यमा अतुलनीय योगदान गर्नुभएका जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाले राजनीति र साहित्यमा दिनुुभएको योगदानलाई चिरपर्यन्त कायम राख्न नेपाल सरकारको आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममार्फत् उक्त पुरस्कारको व्यवस्था भई २०७८ मा कार्यविधि जारी भएपछि हरेक वर्ष पुरस्कार वितरण हुँदै आएको छ ।

Facebook Comments Box
लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिलो राजनीतिक पुस्ता तयार, अब चुनावमा उम्मेदवार बन्ने घोषणा
२ दिन अगाडि

1.9kViews 347 Shares Share on Facebook Share on Twitter कास्की – लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले आफ्नो राजनीतिक अधिकारको अर्थपूर्ण…

TOP
315 Shares