

डाटा सकिएपछि स्वतः पैसा कटिने व्यवस्था हटाउन सुदन गुरुङको माग
काठमाडौं । प्रतिनिधिसभा सदस्य सुदन गुरुङले दूरसञ्चार सेवा प्रदायकहरूले डाटा प्याक सकिएपछि उपभोक्ताको जानकारीबिनै स्वतः पैसा कटिने व्यवस्था हटाउन माग गरेका छन्। टेलिकमका अधिकारीहरूसँग भएको छलफलमा उनले यस्तो व्यवस्था उपभोक्ताका लागि अन्यायपूर्ण भएको बताएका हुन्।
गुरुङका अनुसार डाटा प्याक समाप्त भएपछि स्पष्ट जानकारी नदिई स्वतः रकम कट्दा प्रयोगकर्तामाथि अनावश्यक आर्थिक भार पर्ने गरेको छ। त्यसैले डाटा सकिनेबित्तिकै स्वतः शुल्क लाग्ने प्रणाली हटाएर उपभोक्तालाई पूर्वजानकारी दिने व्यवस्था गर्नुपर्ने उनको जोड थियो।
हेर्दा सामान्य विषय जस्तो देखिए पनि यस्तो व्यवस्था हटाइएमा उपभोक्ताको खर्चमा पारदर्शिता आउने, अनावश्यक रकम कटिने समस्या रोकिने र सेवा प्रदायक कम्पनीहरू थप जिम्मेवार बन्ने विश्वास व्यक्त गरिएको छ।
उनले दूरसञ्चार सेवा उपभोक्ता–मैत्री, पारदर्शी र जिम्मेवार बनाउन नियामक निकाय र सेवा प्रदायकले ध्यान दिनुपर्ने पनि बताएका छन्।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





