

ज्येष्ठ सदस्य केसीलाई आज शपथ, भोलि सांसदहरूलाई शपथ गराउने
काठमाडौं । रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन (फागुन २१) बाट निर्वाचित सांसदहरूमध्ये ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई आज पद तथा गोपनीयताको शपथ गराउने भएका छन्। शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालय शीतल निवासमा तय गरिएको छ।
समानुपातिक प्रणालीबाट निर्वाचित केसी हाल प्रतिनिधिसभाका ज्येष्ठ सदस्यका रूपमा रहेका छन्। संवैधानिक व्यवस्था अनुसार ज्येष्ठ सदस्यले नै नव-निर्वाचित सांसदहरूलाई शपथ गराउने परम्परा रहँदै आएको छ।
यसैअनुसार केसीले भोलि (चैत १२) अन्य सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ। नयाँ संसद् गठनको प्रक्रियामा यो चरणलाई महत्वपूर्ण मानिन्छ, जसले विधायिकी कामकारबाही अघि बढाउने औपचारिक बाटो खोल्नेछ।
समाज
थप सामाग्री
गृहमन्त्री नहुँदा रोकियो प्रहरी सरुवा, काठमाडौं कमाण्डका लागि एसएसपीहरूबीच तीव्र दौड ,प्रधानमन्त्रीको रोजाइमा एसएसपी सुरेश
१ दिन अगाडि
2.2kViews 134 Shares Share on Facebook Share on Twitter काठमाडौँ । वैशाख ९ गते तत्कालीन गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि…



