‘सेटिङ’ गर्नेहरू कारबाहीको दायरामा आउँछन् : सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिना ले मन्त्रालयमा कुनै पनि प्रकारको ‘सेटिङ’ नहुने स्पष्ट पार्दै अनियमिततामा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।

उनले कहाँ कमजोरी छ, कहाँ समस्या छ र कहाँ सुधार गर्नुपर्छ भन्ने विषयलाई मन्त्रालयले गम्भीर रूपमा अध्ययन गरिरहेको बताए। “कहाँ मिलाउनुपर्नेछ, कहाँ कडाइ गर्नुपर्नेछ र कहाँ कारबाही आवश्यक छ भन्नेबारे हामी सूक्ष्म रूपमा नियालिरहेका छौँ,” मन्त्री तिमिल्सिनाले भने।

उनले मन्त्रालयभित्र बन्द कोठामा कुनै प्रकारको मिलेमतो नभइरहेको दाबी गर्दै ‘सेटिङ’ गर्ने प्रवृत्तिविरुद्ध कडा कदम चालिने संकेत गरे। “हामी कसरी यस्तो कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन सकिन्छ भन्नेमा केन्द्रित छौँ,” उनले जोड दिए।

मन्त्री तिमिल्सिनाले वर्तमान अवस्थामा जनताको मुख्य चाहना पनि पारदर्शिता र उत्तरदायित्व नै भएको उल्लेख गर्दै सरकार त्यसतर्फ प्रतिबद्ध रहेको बताए।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
२ दिन अगाडि

1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न…

TOP
473 Shares