हिमालयन इन्टरनेशनल अवार्ड–६: आवेदन खुला, जेठ १५ अन्तिम म्याद

काठमाडौं, वैशाख २०
छैटौं संस्करणको हिमालयन इन्टरनेशनल अवार्डका लागि आवेदन आह्वान गरिएको छ। ‘भाषा, साहित्य, कला र संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नारासहित अवार्ड आयोजना हुन लागेको हो।

आयोजक संस्थाले विज्ञप्ति जारी गर्दै अवार्डका लागि आवेदन खुला गरिएको जानकारी दिएको छ। अवार्ड संयोजक गीता अधिकारीका अनुसार राष्ट्रिय भावका गीतसहित पप, लोकदोहोरी, आधुनिक, बालगीत, डायस्पोरा र रिमिक्स विधालाई समेटेर वैशाख २१ गते सोमबारदेखि आवेदन फारम खुला गरिएको हो।

अवार्डका अध्यक्ष गणेश सुवेदीका अनुसार २०८२ वैशाख १ गतेदेखि चैत मसान्तसम्म (एक वर्षभित्र) सार्वजनिक भएका गीत, संगीतका स्रष्टा तथा प्राविधिकलाई अवार्ड प्रदान गरिनेछ।

गीत तथा सिर्जनाहरू दर्ता गर्न आवेदनको अन्तिम म्याद जेठ १५ गतेसम्म तोकिएको छ। अवार्ड समारोहमा नेपाली गीत–संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका एक जना व्यक्तिलाई दीर्घसाधना सम्मान प्रदान गरिनेछ।

यसका साथै, गीत–संगीत क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने देश तथा विदेशमा रहेका नेपाली संगीतकर्मी र सञ्चारकर्मी पत्रकारलाई समेत सम्मान गरिने आयोजकले जनाएको छ।

यसअघि अवार्डका संस्करण काठमाडौंसहित थाइल्याण्ड, सिंगापुर र मलेसियामा सम्पन्न भइसकेका छन्। छैटौं संस्करणलाई अझ विशेष र भव्य बनाउने तयारी भइरहेको संयोजक अधिकारीले जानकारी दिनुभयो।

 

Facebook Comments Box
देशभर मनसुनी प्रभाव : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
२ दिन अगाडि

1.4kViews 15 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न…

TOP
312 Shares