

सुकुम्बासी बस्तीका बालबालिकाका लागि आशाको ढोका खुल्यो : निजी विद्यालयले आवासीय सुविधासहित निःशुल्क पढाउने
काठमाडौं । नदीकिनार तथा जोखिमयुक्त बस्तीबाट हटाइएका परिवारका बालबालिकाको भविष्य सुरक्षित बनाउन काठमाडौं महानगरपालिकाले महत्वपूर्ण पहल गरेको छ। अब ती बालबालिकाले आवासीय सुविधासहित निजी विद्यालयमा निःशुल्क अध्ययन गर्न पाउने भएका छन्।
शुक्रबार काठमाडौं महानगरपालिका, अभिभावक, प्याब्सन र एनप्याब्सनबीच भएको सम्झौतापछि पहिलो चरणमा १४ जना बालबालिकालाई निजी विद्यालयमा निःशुल्क पढाउने व्यवस्था गरिएको हो।
महानगरपालिकाका अनुसार विद्यार्थीहरू हाल जुन कक्षामा अध्ययनरत थिए, निजी विद्यालयहरूले उनीहरूलाई सोही कक्षामा भर्ना गरेर शिक्षा उपलब्ध गराउनेछन्। शिक्षा मात्रै होइन, आवासीय सुविधा समेत दिइने भएकाले जोखिमयुक्त बस्तीबाट विस्थापित परिवारका बालबालिकाले सुरक्षित वातावरणमा अध्ययन गर्न पाउने भएका छन्।
यस अभियानमा सुप्रिम बोर्डिङ स्कूल, केबिसी स्कूल, भ्याली पब्लिक स्कूल, प्रोगेसिभ स्कूल, केएमसी स्कूल, भेनस पब्लिक स्कूल, नेश्नल आइडियल बोर्डिङ स्कूल, गेट वे एकेडेमी र नेक्सस इन्टरनेश्नल एकेडेमीलगायत विद्यालय सहभागी भएका छन्। हाल प्रत्येक विद्यालयले एक–एक जना विद्यार्थीको जिम्मेवारी लिएर अध्ययन सुरु गरिसकेका छन्।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख ले यो कदमलाई सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको उत्कृष्ट उदाहरण भएको बताइन्।
उनले बालबालिकालाई सम्बोधन गर्दै भनिन्, “सबै बालबालिकाले सहज रूपमा शिक्षा पाउनुपर्छ। तपाईंहरू राम्ररी पढ्नुस्, असल नागरिक बन्नुस्। गुणस्तरीय शिक्षा दिन विद्यालयहरूले गरेको सहयोग स्वागतयोग्य छ।”
महानगरको यो पहलले शिक्षा पहुँचबाट टाढा पर्न सक्ने जोखिममा रहेका बालबालिकामा नयाँ आशा जगाएको छ। साथै, सामाजिक सहकार्यमार्फत विपन्न र विस्थापित परिवारका बालबालिकाको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सन्देश पनि दिएको छ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
१ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





