

देशभर मौसममा आंशिक प्रभाव, हिमाली–पहाडी क्षेत्रमा वर्षा र चट्याङको सम्भावना
काठमाडौं । हाल नेपालको पश्चिमी भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न भूभागमा मौसममा परिवर्तन देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहेको छ भने बाँकी पहाडी भूभागमा आंशिक बदली र तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहेको छ।
आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा सामान्य बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा तातो दिन (हट डे) हुने सम्भावना समेत रहेको उल्लेख गरिएको छ।
आज राति कोशी र मधेस प्रदेशसहित देशका हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराई भूभागमा मुख्यतया मौसम सफा रहने अनुमान छ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना पनि रहेको छ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





