

देशभर पश्चिमी, स्थानीय र मनसुनी वायुको मिश्रित प्रभाव, कतिपय स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी, स्थानीय तथा मनसुनी वायुको मिश्रित प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न प्रदेशमा मौसममा उल्लेखनीय परिवर्तन भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थानमा मनसुनी वायु सक्रिय रहेको छ भने अन्य भू–भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ।
अहिले कोशी प्रदेशसहित हिमाली र पहाडी भू–भागमा सामान्यतया बदली भएको छ। बागमती र मधेस प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ भने लुम्बिनी र कर्णाली प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। यसैबीच कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
सोमबार दिउँसो र राति देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। कोशी प्रदेशको तराई भू–भागमा समेत आंशिक बदलीको सम्भावना रहेको छ। मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहने अनुमान छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने देखिएको छ।
त्यसैगरी कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ। तराई क्षेत्रमा भने कोशी प्रदेशका थोरै स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहँदा तराई क्षेत्रमा गर्मी बढ्ने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा ‘लु’ चल्ने सम्भावना रहेको छ। साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि अत्यधिक गर्मी भई तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





