लामो समय कार्यालय नआएका दुई कर्मचारीलाई कृषि अनुसन्धान परिषद्ले सेवाबाट हटायो

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएको छ ।

परिषद्को सामान्य प्रशासन महाशाखाले सूचना जारी गर्दै ती कर्मचारीहरूलाई कर्मचारी प्रशासन विनियमावली, २०८२ को विनियम ९५(१) छ बमोजिम सेवाबाट हटाइएको जनाएको हो ।

सूचनाअनुसार उनीहरूलाई कार्यालयमा अनुपस्थित रहेको मितिदेखि नै लागू हुने गरी सेवाबाट हटाउने निर्णय गरिएको छ । परिषद्ले लामो समयसम्म बिना जानकारी कार्यालयमा उपस्थित नभएको अवस्थालाई आधार बनाउँदै यस्तो कारबाही गरेको जनाएको छ ।

Facebook Comments Box
TOP
270 Shares