

नेपालभर मनसुन पूर्ण रूपमा सक्रिय, विभिन्न प्रदेशमा वर्षा र सतर्कता अपनाउन आग्रह
काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव मजबुत रूपमा सक्रिय रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनी वायु देशको पश्चिमी सीमासम्म फैलिसकेको छ भने आज गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू–भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भू–भागमा समेत मनसुन विस्तार भएको छ । यससँगै यस वर्षको मनसुन प्रणाली देशभर पूर्ण रूपमा सक्रिय भएको पुष्टि भएको छ ।
नेपालमा सामान्यतया जुन १३ तारिखमा पूर्वी भू–भागबाट मनसुन प्रवेश गरी एक हप्ताभित्र देशभर फैलिने गर्दछ । तर यस वर्ष मनसुन सरदर मितिभन्दा करिब ६ दिन ढिलो गरी असार ५ गते (जुन १९) पूर्वी नेपालबाट प्रवेश गरेको थियो । प्रारम्भमा कोशी प्रदेशका केही भागमा सीमित रहेको मनसुन असार ८ गते (जुन २२) सम्म विस्तार हुँदै कोशीको बाँकी भू–भाग, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रसम्म पुगेको थियो । यस वर्ष मनसुन पूर्ण रूपमा देशभर फैलिन कुल १२ दिन लागेको महाशाखाले जनाएको छ ।
हालको मौसमी अवस्थाअनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा बादल लागेको छ भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागमा सामान्य बादल देखिएको छ । बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिनभर देशभर पूर्णतया बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने अनुमान छ भने तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको चेतावनी दिइएको छ ।
मौसम पूर्वानुमान महाशाखाले मौसमको निरन्तर अनुगमन भइरहेको र आवश्यक अनुसार सूचना अद्यावधिक गरिने जनाएको छ । साथै सम्भावित जोखिमलाई ध्यानमा राख्दै सबै नागरिकलाई अद्यावधिक मौसम जानकारी लिँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।
समाज
थप सामाग्री-
आज साउन १६ गते शनिबार,यस्तो छ तपाईको राशिफल
-
मधेसको सुरक्षा संवेदनशीलतामा नेपाल प्रहरीको उच्च सतर्कता : एआईजीदेखि एसएसपीसम्म फिल्डमा, जोखिमयुक्त क्षेत्रमा विशेष परिचालन
-
बौद्धका डीएसपी सन्तोष रोकाया जिल्ला प्रहरी परिसर काठमाडौं तानिए
-
आईजीपी कार्कीको अपिल : धार्मिक सद्भाव कायम राखौँ, अफवाह र उत्तेजनाबाट टाढा रहौँ
-
अविरल वर्षापछि देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध
आज साउन १५ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
२ दिन अगाडि
2.0kViews 15 Shares Share on Facebook Share on Twitter मेष-दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध हुनेछ।…





