

सुर्खेतमा चार निर्माण ठेक्का रद्द, काममा ढिलाइ र प्रगति नदेखिएपछि डिभिजनको कडा कदम
सुर्खेत। पटक–पटक ताकेता र म्याद थप गर्दा पनि तोकिएको समयमा काम सम्पन्न नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय सुर्खेतले अन्त्य गरेको छ।
सार्वजनिक खरिद ऐन, २०६३ तथा ठेक्का सम्झौताका सर्तअनुसार निर्माण कार्य सन्तोषजनक रूपमा अघि नबढेपछि सम्झौता रद्द गरिएको सडक डिभिजन सुर्खेतले जनाएको हो। डिभिजनका सूचना अधिकारी रुपेश केसीका अनुसार लिखित तथा मौखिक रूपमा बारम्बार निर्देशन, ताकेता र समय थप गरे पनि अपेक्षित प्रगति नभएपछि कानुनी प्रक्रिया अपनाउँदै ठेक्का अन्त्य गरिएको हो।
डिभिजनले सार्वजनिक सूचना जारी गर्दै सुर्खेतमा सञ्चालित चार वटा सडक तथा पुल निर्माण आयोजनाका ठेक्का रद्द गरिएको स्पष्ट पारेको छ।
रद्द गरिएका आयोजनामध्ये सहारे स्वास्थ्यचौकी–बेतेनी सडकअन्तर्गत गोचे खोलामा प्रि–स्ट्रेस्ड आरसिसी मोटरेबल पुल निर्माणको जिम्मा एमएस एड्भेन्चर जेभी, बाँकेले पाएको थियो। त्यस्तै, गुमी–पातिहाल्ना सडकअन्तर्गत भलुकुने खोलामा प्रि–स्ट्रेस्ड आरसिसी पुल निर्माणको ठेक्का जयबुद्ध–नेपाल मेगा बिल्डर्स जेभी, सुर्खेतले लिएको थियो।
यसैगरी, सुर्खेत–जुम्ला सडकअन्तर्गत दैलेखको खुर्रा खोलामा आरसिसी पुल निर्माणको जिम्मा टिडीआर कन्स्ट्रक्सन प्रालि, धनगढीले पाएको थियो भने रत्न राजमार्गअन्तर्गत हर्रे–बाङ्गेसिमल खण्डमा सडक पुनःस्थापना, नाला निर्माण तथा सडक संरक्षणको काम जनता बिल्डर्स, भेरीगङ्गा–९ सुर्खेतले गरिरहेको थियो।
यी चारै आयोजनामा सन्तोषजनक प्रगति नदेखिएपछि सार्वजनिक खरिद ऐनको दफा ५९(७) तथा ठेक्का सम्झौताका जीसीसी (General Conditions of Contract) अन्तर्गतको व्यवस्थाबमोजिम सम्झौता अन्त्य गरिएको डिभिजनले जनाएको छ।
डिभिजनका अनुसार अब सार्वजनिक खरिद नियमावलीअनुसार पोस्ट टर्मिनेसन इभालुएसन (Post Termination Evaluation) गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। साथै, सरकारलाई हुन गएको आर्थिक क्षति सम्बन्धित निर्माण व्यवसायीबाटै असुलउपर गरिने पनि स्पष्ट पारिएको छ।
सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सम्बन्धित निर्माण व्यवसायीलाई कार्यालयमा सम्पर्क गरी वित्तीय फरफारक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
पछिल्लो समय निर्माण व्यवसायीले समयमै काम सम्पन्न नगर्दा सडक तथा पुल आयोजनाहरू लम्बिने समस्या बढ्दै गएको भन्दै सरकारले रुग्ण ठेक्कामाथि कडाइ गर्दै आएको छ।
समाज
थप सामाग्री-
काडाघारीबाट ३३ वर्षीया महिला सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह
-
त्रिभुवन विमानस्थलमा युवाको बाढी : सरकारका आश्वासन कहाँ हराए, किन देश छोड्न बाध्य छन् लाखौं युवा ?
-
निमित्त आईजीपी राजन अधिकारीद्वारा देशभरका प्रहरी कर्मचारीलाई विशेष निर्देशन
-
आज असार २२ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
आईजीपी दानबहादुर कार्की र सशस्त्र आईजीपी नारायणदत्त पौडेल ‘चिफ अफ पुलिस समिट’का लागि अमेरिका प्रस्थान गर्दै
अख्तियार अनुसन्धान टोलीमा ‘क्लिन स्वीप’ : डीआईजीदेखि इन्स्पेक्टरसम्म एकैपटक फिर्ता, अनुसन्धान संयन्त्र पुनर्गठन
१ दिन अगाडि
1.7kViews 468 Shares Share on Facebook Share on Twitter काठमाडौं । भ्रष्टाचार अनुसन्धानको संवेदनशील सूचनाहरू चुहिएको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान…





