

आईजीपीद्वय कार्की र पौडेल संयुक्त राष्ट्रसंघीय समिटमा सहभागी हुन अमेरिका प्रस्थान
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल संयुक्त राष्ट्रसंघको आयोजनामा हुने “चिफ अफ पुलिस समिट”मा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्।
आईजीपी कार्की आइतबार साँझ कतार एयरवेजमार्फत दोहा हुँदै अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका हुन्। सोही कार्यक्रममा सहभागी हुन सशस्त्र प्रहरी प्रमुख पौडेल पनि अमेरिका गएका छन्।
संयुक्त राष्ट्रसंघद्वारा आयोजित उक्त समिट जुलाई ७ र ८ तारिखमा न्यूयोर्कमा आयोजना हुँदैछ। विश्वभरका प्रहरी प्रमुखहरू सहभागी हुने यस सम्मेलनमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, अन्तर्राष्ट्रिय सहकार्य तथा समसामयिक सुरक्षा चुनौतीबारे छलफल हुने बताइएको छ।
आईजीपी कार्कीको अनुपस्थितिमा नेपाल प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी एआईजी राजन अधिकारीलाई तोकिएको छ। उनी हालै राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगन्जमा सरुवा भएका थिए।
त्यसैगरी, सशस्त्र प्रहरी बलका आईजीपी पौडेलको अनुपस्थितिमा संगठनको निमित्त प्रमुखको जिम्मेवारी वंशीराज दाहालले सम्हाल्ने भएका छन्।
अन्तर्राष्ट्रिय स्तरको महत्वपूर्ण सुरक्षा सम्मेलनमा नेपालका दुवै प्रमुख सुरक्षा निकायका नेतृत्वकर्ताको सहभागितालाई कूटनीतिक तथा सुरक्षा सहकार्यको दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।
समाज
थप सामाग्री-
काडाघारीबाट ३३ वर्षीया महिला सम्पर्कविहीन, खोजीमा सहयोग गर्न परिवारको आग्रह
-
त्रिभुवन विमानस्थलमा युवाको बाढी : सरकारका आश्वासन कहाँ हराए, किन देश छोड्न बाध्य छन् लाखौं युवा ?
-
निमित्त आईजीपी राजन अधिकारीद्वारा देशभरका प्रहरी कर्मचारीलाई विशेष निर्देशन
-
आज असार २२ गते सोमबार,यस्तो छ तपाईको राशिफल
-
आईजीपी दानबहादुर कार्की र सशस्त्र आईजीपी नारायणदत्त पौडेल ‘चिफ अफ पुलिस समिट’का लागि अमेरिका प्रस्थान गर्दै
अख्तियार अनुसन्धान टोलीमा ‘क्लिन स्वीप’ : डीआईजीदेखि इन्स्पेक्टरसम्म एकैपटक फिर्ता, अनुसन्धान संयन्त्र पुनर्गठन
१ दिन अगाडि
1.7kViews 468 Shares Share on Facebook Share on Twitter काठमाडौं । भ्रष्टाचार अनुसन्धानको संवेदनशील सूचनाहरू चुहिएको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान…





