सुनको मूल्यमा गिरावट, प्रतितोला ९०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि आइतबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ४८ हजार ११५ रुपैयाँ निर्धारण गरिएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।
आज १० ग्राम चाँदीको मूल्य ३ हजार ९३० रुपैयाँ ५० पैसा तोकिएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको मूल्यमा आउने उतारचढावका आधारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारका लागि दैनिक कारोबार मूल्य निर्धारण गर्दै आएको छ।

Facebook Comments Box
अख्तियार अनुसन्धान टोलीमा ‘क्लिन स्वीप’ : डीआईजीदेखि इन्स्पेक्टरसम्म एकैपटक फिर्ता, अनुसन्धान संयन्त्र पुनर्गठन
२४ घण्टा अगाडि

1.7kViews 468 Shares Share on Facebook Share on Twitter काठमाडौं । भ्रष्टाचार अनुसन्धानको संवेदनशील सूचनाहरू चुहिएको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान…

TOP
107 Shares