

देशभर मनसुनी प्रभाव कायम, कोशी–बागमती–गण्डकीमा भारी वर्षाको सम्भावना
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले देशका अधिकांश क्षेत्रमा वर्षाको गतिविधि सक्रिय बनेको छ।
हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा अधिकांश स्थानमा बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान, मधेस प्रदेश तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी र तराई क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कर्णाली प्रदेशका पहाडी भूभागमा पनि केही स्थानमा वर्षा हुने सम्भावना छ।
महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा कोशी प्रदेशको तराई तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले भारी वर्षाका कारण पहिरो, डुबान, बाढी तथा सडक अवरोध हुन सक्ने भएकाले नदी–नाला आसपासका बासिन्दा, यात्रु तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
समाज
थप सामाग्री
सत्यको पक्षमा अडिग पत्रकारिता
१ दिन अगाडि
1.7kViews 373 Shares Share on Facebook Share on Twitter नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस…





