

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र, परीक्षण उत्पादन सुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विशेष चासोमा लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र पारिएको छ। मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति प्राप्त भई बजेट निकासा भएपछि उद्योगमा नेपाली सेनाको व्यवस्थापनमा कपडा बुन्ने मेसिनहरूको परीक्षण उत्पादन सुरु गरिएको छ।
सरकारले उद्योगलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित आवश्यक पूर्वाधार, उपकरण र व्यवस्थापनको कामलाई अघि बढाएको जनाएको छ। परीक्षण उत्पादन सफल भएपछि उद्योगलाई व्यावसायिक रूपमा सञ्चालन गर्ने तयारी रहेको बताइएको छ।
यसैबीच, सरकारले पुनः सञ्चालनको योजनामा समेटिएका सात रुग्ण उद्योगमध्ये गोरखकाली रबर उद्योग, हेटौंडा सिमेन्ट उद्योग, जनकपुर चुरोट कारखाना र नेपाल मेटल कम्पनीको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) सम्पन्न भइसकेको छ। बाँकी उद्योगहरूको मूल्यांकन प्रक्रिया पनि अन्तिम चरणमा पुगेको सरकारको भनाइ छ।
समाज
थप सामाग्री
सत्यको पक्षमा अडिग पत्रकारिता
२३ घण्टा अगाडि
1.7kViews 373 Shares Share on Facebook Share on Twitter नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस…





