

हङकङमाथि नेपालको १८१ रनको शानदार जित, समूह विजेताका रूपमा क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । कप्तान सोनी पाख्रिनको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा नेपालले एसिसी महिला यू–१९ प्रिमियर कपमा हङकङलाई १८१ रनले पराजित गर्दै लगातार तेस्रो जित दर्ता गरेको छ। यस जितसँगै नेपाल समूह ‘डी’ को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ।
मंगलबार मलेसियाको बायोमास ओभलमा भएको खेलमा नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको हङकङ २० ओभरमा ९ विकेट गुमाउँदै मात्र ३९ रनमा समेटियो। हङकङका लागि वोङ विङले सर्वाधिक १३ रन बनाइन्। नेपालका कप्तान सोनी पाख्रिनले चार ओभरमा मात्र चार रन खर्चेर चार विकेट लिँदै उत्कृष्ट बलिङ गरिन् भने मनिषा उपाध्यायले दुई विकेट हात पारिन्।
यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर २११ रन बनाएको थियो। सावित्री धामीले लगातार तेस्रो अर्धशतक प्रहार गर्दै ५२ रन बनाइन् भने कप्तान सोनी पाख्रिन ६० बलमा ९० रन बनाएर शतकबाट १० रनले चुकिन्। अलिसा कुमारी यादव २३ रनमा अविजित रहिन्। नेपालले यसअघि कतारलाई १०५ रन र सिंगापुरलाई १५१ रनले हराएको थियो।
समाज
थप सामाग्री
सत्यको पक्षमा अडिग पत्रकारिता
१ दिन अगाडि
1.7kViews 373 Shares Share on Facebook Share on Twitter नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस…





