

ट्राफिक जरिवानाबाट प्रहरीलाई २५ प्रतिशत भत्ता मिल्ने भन्ने प्रचार भ्रामक : नेपाल प्रहरी
काठमाडौं । नेपाल प्रहरीले ट्राफिक जरिवानाबाट ट्राफिक प्रहरीले २५ प्रतिशत विशेष भत्ता पाउने भन्ने प्रचार पूर्ण रूपमा भ्रामक र तथ्यहीन रहेको स्पष्ट पारेको छ। यस्ता समाचार तथा सामाजिक सञ्जालमा फैलिएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले आधिकारिक रूपमा खण्डन गरेको हो।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले जारी गरेको विज्ञप्तिमा ट्राफिक जरिवानाबाट उठेको सम्पूर्ण रकम सिधै सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था रहेको उल्लेख गरिएको छ। साथै, उक्त जरिवानाबापत ट्राफिक प्रहरीलाई कुनै अतिरिक्त भत्ता वा सुविधा दिने कानुनी व्यवस्था नरहेको पनि स्पष्ट पारिएको छ।
नेपाल प्रहरीले अपुष्ट, भ्रामक तथा तथ्यहीन सूचनाले आम नागरिकमा भ्रम सिर्जना गर्ने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा असर पुर्याउने र प्रशासनिक प्रक्रियालाई अनावश्यक विवादमा तान्न सक्ने भएकाले यस्ता प्रचारप्रति विश्वास नगर्न सबैमा अनुरोध गरेको छ।
समाज
थप सामाग्री
सत्यको पक्षमा अडिग पत्रकारिता
२३ घण्टा अगाडि
1.7kViews 373 Shares Share on Facebook Share on Twitter नेपाली पत्रकारिताको इतिहास केवल समाचार सम्प्रेषणको इतिहास होइन; यो सत्य, साहस…





